काठमाण्डौं, असोज १३ :

दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।

उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाको मृत्यु भएको छ ।  विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका छन् ।  ४० जना सम्पर्कविहीन भएका नेपाल प्रहरीले जनाएको छ ।

देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको छ ।   प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म १ हजारभन्दा बढीको उद्धार गरिएको छ । 
काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।