काठमाण्डौं, असोज १४ :

लगातार परिरहेको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो र डुबानले भएको जनधनको ठूलो क्षति भए पछि गैरआवासीय नेपाली संघले आकस्मिक बैठक बोलाएको छ ।

संघले बाढी पिडितको सहयोगमा जुट्नका लागि भोलि  केन्द्रीय समिति (आइसीसी) को बैठक आब्हान गरिएको हो ।

संघले विपद्को घडीमा यथाशक्य छिटो राहत तथा सहयोगमा जुट्नमा आफ्ना विश्वभर छरिएका ८७ देशका राष्ट्रिय समितिहरुलाई आग्रह समेत गरेको छ ।

यसअघि संघका अध्यक्ष डा.बद्री केसी र डा.शर्माले शनिवार संयूक्त रुपमा एक विज्ञप्ति जारी गर्दै लगातार परिरहेको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिको घटनाले विदेशमा बस्ने नेपालीहरु निकै मर्माहत बनाए भएको भन्दै निरन्तरको वर्षापछि सिर्जित अकल्पनीय विपद्का घटनामा परी निधनप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका थिए  ।

संघले प्राकृतिक विपदमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा,बेपत्ताको खोजी,उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल सरकारसँग समेत अनुरोध गरेको छ ।