काठमाण्डौं, असोज १४ :

बिहिबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढी तथा पहिरोले ठूलो जनधनको क्षति गरेको छ ।

काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानमा हालसम्म १ सय ४८ जनाको मृत्यु भईसकेको छ भने ५५ जना वेपत्ता भएका छन् ।

अझैपनि सयौं उद्धारको पर्खाईमा छन् भने कतिपय राजमार्गहरु अवरुद्ध हुँदा यात्रुहरुलाई सास्ती भएको छ । कति यात्रुहरु त पैदल नै गन्तव्यतर्फ लागेका छन् ।  

काठमाण्डौंको वाग्मती नदी,नख्खु खोला,धोबीखोला लगायतमा बाढी आउदा कोरिडर लगायत सुकुम्बासी वस्ती,नदी खोला नजिकका घरहरु तथा कतिपय ठाउमा घरहरु पुरै डुबानमा परेको थियो । बल्खु तरकारी बजार, कुलेश्वर फलफुल बजार पुरै डुबानमा परेको थियो ।

आज आईतबारबाट मौसममा सुधार आएपछि भने  अहिले बाढीपिडितहरु सफा गर्न र सामान सम्हाल्नमा व्यस्त देखिन्छन् ।