काठमाण्डौं, असोज १४ :

अविरल वर्षाका कारण बिपी राजमार्गको विभिन्न ठाउँमा बाढीले बगाएर आवागमन अवरुद्ध भएपछि आइतबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित कालढुङ्गा नजिकै यात्रुहरु अझै उद्धारको पर्खाइमा रहेका छन् । आज दिनभरी नै उद्धार गरिए पनि अझै पनि यात्रुहरु उद्धारको पर्खाईमा  छन् । 

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा पर्ने उक्त राजमार्गको विभिन्न स्थान बाढीले बगाएर अवरुद्ध बनेको कारण नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ ।