आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व #कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व
राजनीति प्रदेश कोसी प्रदेश

झापा- ५ केन्द्रित ओलीको ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

आगामी प्रतिनिधिसभाको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ फागुन, २०८२ मा प्रकाशित
झापा- ५ केन्द्रित ओलीको ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
झापा, फागुन ५ :

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । झापा क्षेत्र नं. ५ का उम्मेदवार ओलोले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर मंगलबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।  

४२ बुँदे प्रतिबद्धतामा आ.व. ०८२/०८३ मा विनियोजित भई हाल रोकिएका र अधुरा रहेका सबै विकास निर्माणका काम पूरा गर्न सशक्त पहल गरिने, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी जनतालाई जग्गाधनी प्रमाण–पूर्जा उपलब्ध गराउने कार्य तीव्रता दिइने, जनता आवास र विपन्न आवास निर्माणका कार्यक्रम निरन्तरता दिइने, आदिवासी, जनजाति, दलित, सन्थाल, मुस्लिमलगायतका पछाडि पारिएका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने किसिमका कार्यक्रम ल्याइने उल्लेख छ। त्यसो त एमाले यही फागुन ७ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

प्रतिबद्धता पत्रमा मुख्यत सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधार गरी चार क्षेत्रको विषय समेटिएको छ। 

यसैबीचअध्यक्ष ओली आगामी प्रतिनिधि सभाको निर्वाचनबाट एमालेलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे। उनले जेन–जी आन्दोलनका नाममा देशका विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटको कडा शब्दमा आलोचना गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई ‘देशका दुश्मन’ र ‘विकासका विरोधी’को संज्ञा दिए । आगामी चुनाव आगो लगाउने र शान्ति चाहने बीचको भएको उनको दाबी थियो।

एमालेलाई सिध्याउन खोजे पनि झन बलियो भएर आएको बताए । ओलीले भने, ‘एमाले विरोधी शक्तिहरूलाई मैले भन्ने गरेको छु, कान खोलेर सुने हुन्छ, एमाले आउँदो निर्वाचनमा पहिलो पार्टी हुन्छ।’ ओली केही दिनदेखि चुनावी अभियानका क्रममा झापामै केन्द्रित भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार