काठमाण्डौं, असोज १५ :

अविरल बर्षाका कारण बाढी,पहिरो र डुबानका कारण देशभर हालसम्म २ सय ९ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता भएका छन् । १ सय ४२ जना घाईते भएका छन् ।

बेपत्ता तथा घाईतेहरुको खोज तथा उद्धारको काम भईरहेको गृह मन्त्रालयले जनाएको छ ।

काभ्रेपलान्चोक,सिन्धुपाल्चोक,सिन्धुली,ललितपुर लगायत स्थानबाट घाईते,बिरामी तथा अलपत्र परेका ४ सय २५ जनाको उद्धार गरिएको छ ।

अवरुद्ध सडक, विद्युत,टेलिफोन लगायतका अत्यावश्यक सेवाहरु शीघ्र सूचारु गर्न सम्बन्धित निकायहरुसंग  समन्वय गरिएको गृह मन्त्रालयले जनाएको छ ।