
असोज १६ :
केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढी,पहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।
प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
बाढी,पहिरोपछिको खोज,उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको छ ।
बाढी प्रभावितलाई खाद्यान्न लगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको मन्त्रालयको भनाई छ ।