अमेरिका, असोज १६ :

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ।

अमेरिकास्थित नेपाली राजदूतावासमा भएको भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यस अन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको नेपाली राजदूतवासले जनाएको छ।

एमसिसी कम्प्याक्ट अन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नति सम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन्। 

उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिका पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणा कतारको दोहा प्रस्थान गर्नुअघि भेटघाट भएको हो।