काठमाण्डौं, असोज १६ :

बाढी पहिरोले काठमाडौं उपत्यका लगायत देशका धेरै ठाउँमा ठूलो क्षति पुगेपछि सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने या नगर्ने भन्ने बिषयमा आज निर्णय गरिदैछ ।

आज दिउँसो ३ बजे यातायात व्यवस्था विभागले छलफलका लागि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रतिनिधिहरुलाई बोलाएको महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिनुभयो ।

बस संचालन गर्ने नगर्नेबारे आज नै निर्णय गरिने उहाले बताउनुभयो । सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ । अग्रिम बुकिङ खुलाइए पनि बाटोको अवस्था हेर्दा बस सञ्चालन हुनसक्ने देखिदै अध्यक्ष स्वारको भनाई छ ।

यातायात व्यवस्था विभागसंग समन्वय गरी गत शनिबारदेखि यातायात व्यवसायीहरूले असोज १२ गते देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर बाढीपहिरोले विभिन्न ठाउँमा सडकहरु बिग्रिएका कारण गाडी चलाउन समस्या भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

कतिपय बसहरु गन्तव्यमा पुग्न नसकि बीच बाटोमा नै अलपत्र परेका छन् । कतिपय राजमार्गहरु एकतर्फी खुले पनि कतिपय भने पुर्णरुपमा बन्द नै छन् । बाटोको अवस्था नाजुक नै छ ।