
काठमाण्डौं, असोज १६ :
नेकपा एमालेले बाढी पहिरो प्रभावितहरुका लागि ५० लाख सहयोग गर्ने भएको छ ।
आज काठमाण्डौंको एक होटेलमा बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
साथै सांसदहरूको १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने निर्णय समेत बैठकले गरेको बताईएको छ ।
एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।