
काठमाण्डौं, असोज १६ :
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एभरेस्ट होटेल र बुटिक होटल बसेरालाई सरकारले तीन-तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।
नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेको र बबरमहलस्थित बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको थियो ।
विभागले चाडबाड नजिकिएसंगै अनुगमन पनि गरिरहेको छ ।
एभरेष्ट र बसेरा दुवै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिबाना गरिएको विभागको भनाई छ ।