
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ।
प्रधानमन्त्रीले अमेरिकामा रहँदा गर्नुभएका मित्रराष्ट्र राष्ट्र तथा सरकार प्रमुखसँगको अनौपचारिक र औपचारिक भेटले देशको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उजिल्याउन मद्दत पुगेको महासचिव शङ्कर पोखरेलले बताउनुभएको छ ।
बैठकल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख दाखिला गर्ने निर्णय गरेको तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाट कोषमा योगदान गर्न अनुरोध गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो ।
बैठकले राहत र उद्धारका काम युद्धस्तरमा गर्ने निर्णय गर्नका साथै राजधानी काठमाडौँ जोड्ने सडक मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरूप गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताउनुभयो ।
हालैको बाढीबाट बालीनालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।