काठमाडौं, फागुन २० :

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । भोलि हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम तयारी लगायतका विषयमा छलफल गर्नका लागि उनले दिउँसो ३ बजे सिंहदरबारमा बैठक बोलाएकी हुन् ।

भोलि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। बैठकमा निर्वाचनको तयारी, शान्ति सुरक्षालगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्‌मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव सदस्य छन्।