काठमाण्डौँ , असोज १७ :

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ जना बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका- २६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो।

उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ ।