काठमाण्डौँ , असोज १७ :

राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहत स्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको छ । 

त्यसैगरी राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलब सुविधा कोषमा प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।