
काठमाण्डौं, असोज १७ :
सरकारले घुम्ती खाद्य प्रयोगशाला सहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । दसैँ, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर अनुगमन सुरु गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको छ ।