
काठमाण्डौं, असोज १७ :
रसुवाको गोसाईकुण्ड गाउँपालिकाको टिमुरेमा ढुंगा र रुख खसेपछि सवारी साधनमा क्षति पुगेको छ । गए राती सडक माथिबाट आएको ढुंगा र रुख सहितको पहिरोले सवारी साधनमा क्षति पुगेको हो ।
ती सवारी साधनहरु मेसिनको प्रयोगले मात्रै पन्छाउन सकिने प्रहरीको भनाई छ । सवारी साधन आवतजावत भने संचालन भईरहेको बताईएको छ ।