
काठमाण्डौं, असोज १७ :
थाई एयर एसियाले नेपालको लागि उडान सुरु गरेको छ । कम्पनीले बैंकक–काठमाडौं–बैंकक रुटमा आज पहिलो उडान भरेको हो ।
थाई एयर एसियाले साताको तीन वटा उडान गर्ने र सिट भराइ दरमा वृद्धि हुदै गएमा हरेक दिन उडान गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सान्तिसुक क्लोङचैयाले जानकारी दिएका छन् ।
एसियाली क्षेत्रमा राम्रो सञ्जाल रहेको एयर एसियाले नेपालमा पनि स्तरीय सेवा दिने उनको भनाइ छ ।
अन्य विमानस्थलबाट पनि उडान भर्ने योजनालाई प्राथमिकतामा राखिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । कम्पनीका प्रतिनिधिले भैरहवामा समेत अध्ययन गर्ने जनाएको छ ।
यसअघि नेपाल एयरलाइन्स, थाई एयर र थाई लायनले नियमित उडान गरिरहेका छन् ।