काठमाण्डौं, असोज १७ :

पछिल्लो विपद्बाट मुलुकभर २ सय ३३ जनाको मृत्यु भएको छ । 

बाढीपहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।

हालसम्म विपद्बाट कोसी प्रदेशमा २३मधेसमा आठउपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

बाढीपहिराबाट मुलुकभर १ हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ ।

विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।