शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग #डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग
समाचार प्रदेश कोसी प्रदेश

उदयपुरमा हुरीबतासले २ जनाको मृ*त्यु, करोडौंको क्षति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ चैत, २०८२ मा प्रकाशित
उदयपुरमा हुरीबतासले  २ जनाको मृ*त्यु, करोडौंको क्षति
उदयपुर, चैत ५ :

उदयपुरमा हावाहुरीले दुई जनाको मृ*त्यु भएको छ भने करोडौंको क्षति भएको छ । 

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार हावाहुरीले कटारी–५ तिनकुनेचौकका ६४ वर्षीय वीरेन्द्र चौधरी र कटारी– ८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गम्भीर घाइते भएकी २० वर्षीया कमलकुमारी मगरलाई थप उपचारका लाठि काठमाडौं ल्याइएको छ।

यसैगरी हावाहुरीले  जिल्लाका ६ स्थानीय तहका विद्यालय, सामुदायिक भवन र निजी घर गरी १३५ संरचनामा क्षति पुगेको छ । दुई विद्यालय, पाँच सामुदायिक भवनका साथै १२८ घरमा क्षति पुगेको कार्यालयले जनाएको छ । 

जस्तापाताले छाएको काठे घर र फुसको छानो भएको घरमा बढी क्षति भएको छ । सबैगरी एक करोड २० लाख ६६ हजार ५ सय बराबरको क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार