काठमाडौँ, असोज १८ :

हाम्रो टिम नेपाल नामक संस्थाले काभ्रेमा राहत वितरण गरेको छ ।

बाढीपहिरोले जनधनको क्षति भएको काभ्रेपलाञ्चोकको पनौती नगरपालिका- १२ भूमेडाँडाका पीडितलाई संस्थाका स्वयम्‌सेवकहरूले खाद्यान्न वितरण गरेका हुन् ।

संस्थाले उक्त क्षेत्रका ७५ पीडित परिवारलाई खाद्यान्न  वितरण गरेको जनाएको छ।

बाढीपहिरोले जनधनको ठुलो क्षति पुर्‍याएपछि स्थानीय राहतको पर्खाइमा बसेका छन् ।