
काठमाण्डौं, असोज १९ :
सरकारले बाढी पहिरो प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले बढी क्षति भएका जिल्लाका स्थानीय तहहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको बताईएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आजै बसेको बैठकले विभिन्न जिल्लाका ४० भन्दा बढी स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिसगरेको थियो ।