काठमाण्डौं, असोज २० :

पश्चिम नवलपरासीको दाउन्नेमा हिजो साँझ सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

जिल्लाको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त प्रयास भइरहेको छ ।

सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने बताईएको छ ।