
हुम्ला, असोज २० :
हुम्लाको ताँजकोट गाउँपालिका- ४ को तीर्थसैनामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
हुम्लाबाट नेपालगञ्ज जादै गरेको लु १ ज २३४३ नम्बरको जिप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका- २० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका- ६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
रोकिराखेको जिप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको छ। मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उहाँसँगै बालक बुढा पनि मामाघर गइरहेको प्रहरीले जनाएको छ ।