नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गरेका छन् ।
उनले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गरेका हुन् ।
सभापति थापा नेता खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए। पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेट गरेको सभापति थापाले बताए ।
“पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु”, सभापति थापाले भने । सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको उनको भनाइ थियो ।
उनले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण तथा सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेस नेता कार्यकर्तालाई आह्वान गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
पत्रकार धरपकडबारे मन्त्री पोखरेल भन्छन्- संवेदनशील सूचना चुहावटसम्बन्धी विषयमा बुझ्न सोधपुछ गरिएको
मन्त्रिपरिषद्को निर्णय : प्रेस काउन्सिलसहित दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
हेलिकप्टर दुर्घटनाका सम्बनधमा पर्यटन मन्त्रालयद्वारा दुःख व्यक्त
नवनियुक्त भारतीय राजदूत सुधाकर पदभार ग्रहणका लागि काठमाडौं आइपुगे
थप समाचार
देश संकटमा रहेको प्रचण्डको दाबी, कम्युनिस्ट एकताका लागि एमालेसहितलाई आह्वान
पत्रकार धरपकडबारे मन्त्री पोखरेल भन्छन्- संवेदनशील सूचना चुहावटसम्बन्धी विषयमा बुझ्न सोधपुछ गरिएको
कांग्रेस देउवा समूहको महाधिवेशन मंसिर २१ देखि २३ सम्म काठमाडौंमा हुने