मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
समाचार खेलकुद क्रिकेट

युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

सक्रिय न्युज · शनिबार, १२ वैशाख, २०८३ मा प्रकाशित
युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै
काठमाडौं, वैशाख १२ :

आजदेखि काठमाडौँमा सुरु भएको आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले पहिला ‘ब्याटिङ’ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको ‘टस’मा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ‘बलिङ’ रोजेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

नेपाल २० खेलमा पाँचमा जित, १३ मा हार र दुई खेलमा नतिजाविहीन हुँदै १२ अङ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । युएई १० अङ्कका साथ अन्तिम स्थानमा छ । प्रतियोगितामा आठ टोली सहभागी छन् । नेपालले घरेलु मैदानको फाइदा उठाउँदै बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ भने युएई पनि प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने तयारीमा छ । दुवै टोलीबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नेपालको टोलीमा कुशल भुर्तेल, महमद आसिफ शेख (विकेटकिपर), भीम शार्की, कप्तान रोहितकुमार पौडेल, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् ।

त्यसैगरी, युएई टोलीमा आर्यंश शर्मा (विकेटकिपर), आदेब उस्मानी, मुहम्मद शाहदाद, हरप्रीत भाटिया, अशदीप नाथ, कप्तान मुहम्मद वसिम, सोहेल खान, खुझाइमा बिन तानविर, मुहम्मद जुबैयर, जुनैद सिद्दिकी र मुहम्मद जवादुल्लाह छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार