काठमाण्डौं, असोज २१ :

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट दशैं लक्षित खसी र च्याङग्रा बेच्न सुरु गरेको छ ।

चाडपर्वलाई लक्षित गरि बिहान ८ बजेदेखि बिक्री सुरु गरेको कम्पनीले जनाएको छ । खसी र च्याङग्रा गरी करीब ८ सय वटा विक्रिका लागि काठमाण्डौं ल्याई सकिएको खाद्यले जनाएको छ ।

काठमाडौंलाई लक्षित गरी कम्पनीले मकवानपुर, दाङ,वीरगन्ज,नवलपुर लगायत स्थानबाट खसी ल्याईएको हो । मुस्ताङबाट च्याङग्रा ल्याईएको हो ।

जिउँदो खसीको मूल्य प्रतिकेजी ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको प्रतिकेजी मूल्य १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ र यो मूल्यमा १० रुपैयाँ प्रतिकेजी छुट पाइने व्यवस्था गरिएको छ ।

यसरी सहुलियत मुल्यमा खसी बोका च्याङग्रा किन्न पाउदा निकै सहज भएको ग्राहकहरु बताउछन् ।प्रत्येक वर्ष कम्पनीले चाडपर्वको समयमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्ने उद्धेश्यले खसीबोका र च्याङ्ग्रा खरिद गरी बिक्री गर्ने गदर्छ ।

दसैँको समयमा विभिन्न जिल्लाका व्यवसायीहरुले खसीबोका उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।