गोरखा, असोज २२ :

गोरखामा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका- १९  का १९ वर्षीय प्रिन्स अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आइतबार साँझ ८ बजेको समयमा गोरखा नगरपालिका- १० हुल्चेमा निर्माणाधीन अविनाश अर्बाएकर प्रालि ह्रयाचरीमा काम गरिरहेका बेला नम्बर नखुलेको क्रेन एक्कासि ब्रेक फेल भई काम गरिरहेको स्थानबाट तल खोलामा खस्दा सोही प्रालिमा काम गर्ने अन्सारीको क्रेनले च्यापी मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक अन्सारीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गोरखाको सब गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिनुभयो ।