काठमाण्डौँ , असोज २२ :

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन विस्तारै देशभरबाट बाहिरिने सम्भावना छ 

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरिएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताउनुभयो । 

यसपटक मनसुन बाहिरिने समय र दशैँ एकै पटक परेको र मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

यो दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।