मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राजदूत सुधाकर दलेला#राष्ट्रिय योजना आयोगका उपाध्यक्ष#गुणाकर भट्ट#माधव कुमार नेपाल#बृहत्तर कम्युनिष्ट एकता#प्लास्टिकजन्य फूलमाला#बिक्री व्यवस्थापन तथा सहजीकरण#एनपीएल#खाना पकाउने एलपी ग्यास#विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ #राजदूत सुधाकर दलेला#राष्ट्रिय योजना आयोगका उपाध्यक्ष#गुणाकर भट्ट#माधव कुमार नेपाल#बृहत्तर कम्युनिष्ट एकता#प्लास्टिकजन्य फूलमाला#बिक्री व्यवस्थापन तथा सहजीकरण#एनपीएल#खाना पकाउने एलपी ग्यास#विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ
समाचार राजनीति

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसदहरूद्वारा प्लेकार्डसहित विरोध ,सभामुखको आपत्ति

सक्रिय न्युज · सोमबार, ४ जेठ, २०८३ मा प्रकाशित
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसदहरूद्वारा प्लेकार्डसहित विरोध  ,सभामुखको आपत्ति
काठमाडौं, जेठ ४ :

प्रतिनिधिसभा बैठक सुरू हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गर्दै सभामुखलाई पर्चा देखाएका छन् । सो पार्टीका सांसदहरुले प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गरेका छन्।

प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सबै सांसदहरूले प्रदर्शन गरेका हुन् ।

केहीबेर पर्चा देखाएपछि उनीहरू आसनमा फर्किएका थिए । सांसदहरु पर्चा छातीमा टाँसेर बसेका छन् ।

सभामुख अर्यालले संसदमा यसरी पर्चा देखाउने अभ्यास नरहेको भन्दै यो मर्यादित नहुने भन्दै आगामी दिनमा यस्तो कार्य नगर्न उनले चेतावनी समेत दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार