काठमाडौँ, असोज २३ :

 राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । 

उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।

यो विधेयक प्रमाणीकरण भएसँगै अब नेपाल टेलिभिजन र रेडियो नेपालको संचालन एउटै ऐनबाट हुनेछ । 

यसअघि नेपाल टेलिभिजन संचार संस्थान ऐन र रेडियो नेपाल विकास समिति अन्तर्गत संचालन हुँदै आएका थिए ।