
काठमाडौं, जेठ १५ :
सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताए । यसअघि ५ लाख कायम थियो । अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ ।