काठमाडौं, जेठ २६ :

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुन: गृहमन्त्रीमा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सिफारिस बमोजिम उनीहरुलाई दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ गराउने तयारी छ ।

गुरुङको सम्बन्धमा छानबिन गर्न गठित समितिले शुक्रबार प्रधानमन्त्रीसमक्ष बुझाएको प्रतिवदेनमंगलबार मन्त्रिपरिषद्ले ग्रहण गरेको थियो । सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि गुरुङले राजीनामा दिएका थिए । पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षताको समितिले गुरुङको सम्पत्ति छानबिन गरेको थियो ।गुरुङले छानबिन समितिबाट आफूले क्लिन चिट पाउने र पुन: गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताउँदै आएका थिए । उनैलाई गृहमन्त्रालयको जिम्मेवारी सुम्पन प्रधानमन्त्रीले कसैलाई नदिएर आफैंसँग राखेका थिए ।