
काठमाण्डौँ , असोज २५ :
आज विश्व दृष्टि दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो बर्ष ‘बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।
विश्व स्वास्थ्य सङ्गठन र ‘इन्टरनेशल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आईएपीबी) ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएका छन् ।
नेपालमा झन्डै ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान छ । जसमध्ये सात लाख बालबालिका अझै दृष्टिदोषको उपचारबाट वञ्चित छन् ।
आफ्ना बालबालिकाको आँखालाई विशेष ख्याल गर्न नेत्र रोग विशेषज्ञको सुझाव छ ।
नेपाल नेत्रज्योति सङ्घले दिवसको अवसरमा हिजो बालबालिकाको निःशुल्क आँखा परीक्षण समेत गरेको छ ।