
दैलेख, असोज २६ :
दैलेखमा मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दैलेखको गुराँस गाउँपालिका- ४ डबलगैरामा क.प्र. ०२००१ ख ०८२५ नम्बरको मिनीबस दुर्घटना भएको हो ।
घाइते मध्ये दैलेख दुल्लु नगरपालिका १३ बस्ने वर्ष २२ का महेन्द्र शाहीको उपचारको क्रममा मृत्यु भएको हो।
दैलेखको दुल्लु नगरपालिकाबाट सुर्खेत तर्फ जाँदै गरेको बस दुर्घटनामा घाइते भएका दैलेखका चालक २४ वर्षीय वीरेन्द्र बहादुर शाही र १९ वर्षीय सबिन शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।