काठमाण्डौं, असोज २७ :

वि.सं.२०८१ को बडादसैंको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११:३६ बजे रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६ गते शनिबार विजया दशमीको दिन देवी बिसर्जन बिहान ८:३३ बजे शुभ साइत रहेको छ ।

टीका लाइदिने पूर्व मोहडा र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनु पर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११:३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असोज ४ गते समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल,सदस्य प्राडा देवमणि भट्टराई र अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीद्वारा हस्ताक्षर गरिएको साइतमा सो कुरा उल्लेख छ ।