काठमाण्डौं, असोज २७ :

मान्यजनको हातबाट टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल बढेको छ ।

दशैंको साइतमा टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको काठमाण्डौंका सडकमा चहलपहल सुरु भएको हो ।

निधारभरि रातो टिका लगाएर सर्वसाधारणहरु सडकमा आवतजावत गरेका छन् ।