
काठमाण्डौं, असोज २८ :

अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ मा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
गए राति करिब ९ बजेतिर गएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत ५४ किलोमा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सुख्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको ट्राफिक प्रहरी पोस्ट पाँचखाल काभ्रेले जनाएको छ ।
अवरुद्ध राजमार्ग एकतर्फी सुचारु गर्नका लागि अहिले पहिरो पन्छाउने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा संयौ सवारी साधनहरु बाटोमा नै अलपत्र परेको छ ।