काठमाण्डौं, असोज २८ :

सुख्खा पहिरोका कारण अवरुद्व भएको अरनिको राजमार्ग एकतर्फी सुचारु भएको छ ।

गए राति आएको सुख्खा पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग आज बिहान १० बजेबाट एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सुख्खा पहिरोका कारण शनिवार राति ९ बजेदेखि अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ स्थित ५० किलोमा राजमार्ग अवरुद्ध भएको थियो ।