 (1).jpg)
आज विजया दशमीको दोस्रो दिन मान्यजनको हातबाट टीका र जमरा थाप्नेहरुको चलहपहल निकै छ ।
हिजो विजया दशमीको दिन आफन्तकहाँ जान नपाएकाहरु आज आफन्त र मान्यजनहरुबाट टीका लगाउन जाने गर्छन ।
यसपटक राजधानी बाहिर जानेहरुको संख्या पहिलेको भन्दा कम भएकोले होला राजधानीका सडकहरुमा यात्रुहरुको आवातजावत बढेको छ ।
बजारमा पसलहरु केही खुलेका छन् भने अधिकांश बजार बन्द छन् तर पनि पहिलेको जस्तो सुनसान छैन काठमाडौँ ।
सार्वजनिक र धेरै निजी सवारीसाधनहरु सञ्चालन भइरहेका छन् ।
मान्यजनको आशिर्वाद लिन आफन्तहरुकोमा जाने यात्रुहरुको चाप बढेपनि सार्वजनिक सवारी साधनको संख्या भने कम नै देखिएको छ ।
सवारी साधन कम र यात्रु बढी भएका कारण सवारी साधन खचाखच भरिएका छन् ।
पठाओ र टुटल अनि इन ड्राइभले भने यात्रुहरुलाई निकै सेवा दिइरहेका छन ।
उनीहरुले पहिलेको भन्दा भाडा चाहिँ महँगो लिएको यात्रुहरुको गुनासो छ ।