मकवानपुर, असोज २८ :

हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ आवतजावत गर्ने सडक अन्तर्गत इन्द्रसरोवर गाउँपालिका-२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताउनुभयो । 

कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरू चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारी साधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइरहेको उहाँले जानकारी दिनुभयो ।