
काठमाडौं, असार २८ :
कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल–थानीको निधन भएको छ । ७४ वर्षीय हमादको आइतबार निधन भएको हो । उनले नै कतारमा नेपालीको लागि रोजगारको लागि ढोका खोलिदिएका हुन् । हमादलाई ‘फादर अफ अमिर’ को रुपमा चिनिथ्यो ।
उनले सन् १९९५ मा सत्ता सम्हालेका शेख हमदले सन् २०१३ सम्म कतारको नेतृत्व गरेका थिए । आधुनिक कतार निर्माताको नेतृत्व लिएदेखि कतारमा नेपालीको महत्वपूर्ण गन्तब्यको रुपमा चिनिन थालेको हो । अमिरी दिवानले आइतबार शोक वक्तव्य जारी गर्दै शेख हमदको निधनबाट राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ ।
सन् २००६ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो । श्रम सम्झौता गरेर नेपाली श्रमिक लैजाने कतार खाडीमा पहिलो राष्ट्र हो । कतारमा कुल जनसंख्याको १२.५ प्रतिशत नेपाली श्रमिक छन् ।