
काठमाण्डौं, असोज २८ :
दोलखाको वैत्यश्वर गाउँपालिका –६ गोपीखोलामा दुईवटा यात्रुबस एकआपसमा ठोक्किइ दुर्घटना भएको छ।
आज दिउँसो पुष्पलाला सडक खण्डमा काठमाण्डौबाट रामेछाप तर्फ जादै गरेको वा ५ख ५६३१ नम्बरको अरनिको बस र ओखलढुङगाबाट काठमाण्डौ तर्फ आउदै गरेको प्र.३०१००५ ख ३९५६ नम्बरको बस एक आपसमा ठोक्किंदा दुई चालक सहित आठजना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
घाईतेहरुको अहिले सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा उपचार भईरहेको जनाईएको छ।
घाइतेहरू खतरामुक्त रहेको अस्पतालले जनाएको छ।