
खोटाङ, असोज ३० :
खोटाङलाई केन्द्र बनाएर गए राति भूकम्प गएको छ ।
राति १० बजेर ३२ मिनेटमा खोटाङको रावा बेसी गाउँपालिका- १ कुभिण्डे केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको जनाईएको छ ।
भूकम्पको कारण कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।