सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सुनसरी लगायतका स्थानका घटनाको न्यायिक छानबिन गर्न कांग्रेसको माग

गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न नसक्ने दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ साउन, २०८३ मा प्रकाशित
सुनसरी लगायतका स्थानका घटनाको न्यायिक छानबिन गर्न कांग्रेसको माग
काठमाडौं, साउन १८ :

नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको न्यायिक छानबिन गर्न माग गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले सुनसरी लगाएतका स्थानमा भएका घटनामा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न नसक्ने भन्दै न्यायिक छानबिन गर्न माग गरेको हो । 

उक्त घटनाको छानबिन गरेर सत्य–तथ्य सार्वजनिक हुनुपर्ने र कानुन बमोजिम दोषीलाई कारबाही गर्ने स्थिति बन्नुपर्ने बैठकको निष्कर्ष रहेको बैठकमा सहभागी कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन गर्ने न्यायिक समिति बनाउनुपर्ने मागका साथ प्रतिनिधि सभा र राष्ट्रिय सभामा दलको तर्फबाट अडान राख्ने उहाले बताउनुभयो । यसका लागि अन्य दलहरुसंग पनि सहकार्य गर्ने निर्णय भएको उनको भनाइ छ ।

बैठकले आफ्ना सांसदहरुलाई बिभिन्न जिल्लाको जिम्मेवारी दिएर नागरिकसँग समन्वय गर्ने निर्णय गरेको छ भने निश्चित मापदण्ड बनाएर स्वकीय सचिव प्रस्ताव गर्नका लागि सांसदहरुलाई निर्देशन दिने निर्णय गरेको महामन्त्री पौडेलले बताए ।

बैठकले साउन २३ र २४ गते प्रतिनिधिसभा सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार