आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

मनसुनजन्य विपद् पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ साउन, २०८३ मा प्रकाशित
मनसुनजन्य विपद् पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौं, साउन २१ :

राष्ट्रियसभामा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत भएको छ ।

सभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले गृहमन्त्री सुधन गुरुङसँग स्पष्ट जानकारी माग गरेकी छन् । उनले मनसुनका बेला बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे गम्भीर हुन आग्रह गरे ।

सांसद पन्तले अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा जोखिमयुक्त समुदायको उद्धार र पुनःस्थापनाको योजनाबारे पनि जानकारी माग गरिन् ।

सांसद पन्तले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अनुसार यस वर्ष करिब ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ नागरिक प्रभावित हुनसक्ने अनुमान रहेको उल्लेख गरिन् । 

पूर्वसूचनाको प्रभावकारी कार्यान्वयन, जोखिमयुक्त बस्तीको समयमै स्थानान्तरण तथा उद्धार जनशक्ति, उपकरण, खाद्यान्न, औषधि र अस्थायी आवासको पूर्वतयारी सुदृढ बनाउनुपर्नेमा उनले जोड दिइन् । उनले २०८१ सालको बाढीपहिरोबाट सिक्दै पूर्वसूचनापछि अवलम्बन गरिने स्पष्ट कार्यप्रणाली, सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा एकीकृत कमाण्ड प्रणाली आवश्यकता औंल्याइन् । 

सांसद पन्तले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेको अवस्थाप्रति पनि चासो व्यक्त गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाको कार्यान्वयन, जोखिमयुक्त क्षेत्रको तयारी, उद्धार सामग्री, राहत कोष, पूर्वसूचना प्रणालीको प्रभावकारिता तथा विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाको तयारीबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरिन् ।

उक्त प्रस्तावमाथि समर्थन जनाउँदै सांसदहरु मदनकुमारी शाह (गरिमा), सोमनाथ पोर्तेल र पदमबहादुर परियारहरुले सरकारको ध्यानार्कषण गराए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार