राष्ट्रपति पौडेलद्धारा प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको दर्शन एवम् पूजा अर्चना
बिहीबार, २ कात्तिक, २०८१ मा
प्रकाशित
बाजुरा, कात्तिक २ :
राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको हो ।
प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि भक्तजन आउने गर्दछन् ।
राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उदघाटन गर्नुहुने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल उक्त कार्यक्रममा सहभागी हुन बुधबार अपरान्ह सुर्खेत आइपुग्नुभएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।