बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

देउवाको गर्जन : पूर्वराजा ज्ञानेन्द्र शाहले त सकेनन्, अरूले केही गर्न सक्दैनन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ साउन, २०८३ मा प्रकाशित
देउवाको गर्जन : पूर्वराजा ज्ञानेन्द्र शाहले त सकेनन्, अरूले केही गर्न सक्दैनन्
काठमाडौं, साउन २८ :

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई असजिलोमा पार्न पूर्वराजा ज्ञानेन्द्र शाहले समेत नसकेको भन्दै ‘अरूले केही गर्न नसक्ने’ बताएका छन्।

पाँच महिनापछि उपचार गराएर स्वदेश फर्किएका देउवाले बिहीबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ?’ उनले आफू र पत्नी आरजु राणाविरुद्ध विभिन्न निकायबाट अनुसन्धान तथा मुद्दा चलाइएको उल्लेख गर्दै सर्वोच्च अदालतले पक्राउ नगर्न आदेश दिएको बताए। 

देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए। सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले पटकपटक आफूहरूमाथि अनुसन्धान गरेको उनको भनाइ थियो। आफूले बदलाको भावना नलिएको भन्दै देउवाले जनतालाई देशको मालिक भएको र संविधानसभाले गणतन्त्र स्थापना गरेको बताए।  

 देउवाले भने, ‘तर मलाई बदलाको भावना लिनु छैन,यतिसम्म बदमासीपूर्ण काम गरेको छ। विमानस्थलमा नरम देखिएका देउवा चुनदेवीमा पुगेपछि कड्किएका हुन् ।   चुनदेवीस्थित सम्पर्क कार्यालयमा देउवाका लागि सभापतिका रूपमा छुट्टै कोठासमेत व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार पढ्नुस्

देउवाले भने- म नेता होइन, नागरिक बनेर स्वदेश फर्किएको छु

सरकारलाई आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह-पूर्वाग्रहमा नलाग्न देउवाको आग्रह

पूर्वप्रधानमन्त्री देउवा आज काठमाडौं फर्कदै,विमानस्थलदेखि चुनदेवीसम्म प्रहरीले सुरक्षा दिने
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार