सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश कोसी प्रदेश

ओलीको चेतावनी : पार्टीको विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइन्छ

एमालेमा नेतृत्व परिवर्तनका लागि हस्ताक्षर अभियान कसले सुरु गर्‍यो ?
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ साउन, २०८३ मा प्रकाशित
ओलीको चेतावनी : पार्टीको विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइन्छ
फाइल तस्बिर ।
इलाम, साउन ३१ :

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिएका छन् । 

इलाममा आज आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्र अनुशासनहीनता र अराजकता बढेको बताए । नेतृत्व परिवर्तनका लागि पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै उनले चिया गफ र क्यान्टिनका बैठकबाट महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर गरिएको हस्ताक्षर अभियानलाई अराजकताको पराकाष्ठा संज्ञा दिएका छन् ।

सिंगो पंक्ति एकजुट हुनुपर्नेमा आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने भन्दै अध्यक्ष ओलीले  पार्टीमाथि बाह्य शक्ति र विरोधीहरूले तीव्र प्रहार गरिरहेको बताए । केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासन र एकताका साथ अघि बढाइने उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार