आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं #कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं
राजनीति

वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति आवश्यकता : ज्ञानेन्द्र शाही

कानुन संशोधन गरेर या के गरेर हुन्छ अपराधीलाई कारबाही हुनुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ भदौ, २०८३ मा प्रकाशित
वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति  आवश्यकता : ज्ञानेन्द्र शाही
काठमाडौं, भदौ २ :

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि अध्ययन गर्न संसदीय छानबिन समिति गठनको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता शाहीले बैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा नेपालीहरू अलपत्र पर्ने क्रम बढेकाले यसको समाधानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन्। यस राष्ट्रिय समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए।

उनले  वार्षिक करिब ७ लाख युवा विदेश जाँदा झन्डै १ लाख ५० हजारभन्दा बढी मानिस ठगीमा पर्ने गरेको बताए ।  भिसा दिने र काम दिलाउने नाममा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट व्यापक ठगी भइरहेको र ठगीलाई धन्दाकै रूपमा चलाइएको उनले बताए । ठगी गर्नेहरुलाई कडा कानुनी दायरामा ल्याउन विद्यमान कानुन अपर्याप्त भए तत्काल संशोधन गरेर भए पनि कारबाही गर्नुपर्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार